हिन्दु धर्मअनुसार, यमराजले देखाउने यि ४ संकेत


सृष्टिको नियममा मानिस मात्र होइन स्वयम् भगवान पनि बाँधिएका छन् ।

भगवानले पनि सृष्टिका केही नियमलाई पालना गर्नु पर्ने हुन्छ । त्यसैले जबजब भगवानले मनुष्य अवतार धारण गरे उनीहरुले पनि शरीर त्याग गर्नुपर्यो । तसर्थ मानिसले पनि आफ्नो शरीर निश्चित अवधिपछि त्याग गर्नुपर्ने हुन्छ ।
धार्मिकशास्त्र अनुसार मानिसको आयु पूरा भएको र शरीर त्याग गर्ने समय आएको संकेत यमराजले यस प्रकारले दिने गरेका छन् :

१। पहिलो संकेत

अधिकांश मानिसको उमेर बढ्दै जाँदा कपाल सेता हुन थाल्दछ । मानिसको आयु सकिएको संकेत गर्ने यमराजको पहिलो संकेत भनेको मानिसको उमेर बढेसंगै उसको कपाल सेता हुदैं जानु हो । यसले मानिसलाई उमेर संगै आयु सकिन लागेको संकेत गर्दछ ।

२। दोश्रो संकेत

यमराजको दोश्रो संकेत भनेको उमेर बढ्दै जाँदा मानिसको दाँत समेत झर्न थाल्दछन् । यसले मानिसलाई आयु सकिँदै गएको संकेत गर्दछ । दाँत झरेसंगै मानिसको शरीरले मुक्तिको मार्ग खोज्न थालेको संकेत गर्दछ ।

३। तेश्रो संकेत

मानिसको आयु सकिएको तेश्रो संकेत भनेको मानिसको ज्ञानेन्द्रीय कमजोर हुदैँ जानु हो । शरीर बुढो भएपछि मानिसको हेर्ने, सुन्ने लगायतका क्षमता कम हुँदै जान्छन् । यस समय यमराजको संकेत रहन्छ अब सृष्टिको कुरा भन्दा पनि आत्म चिन्तन र मननमा ध्यान केन्द्रित गर ।

४। चौथो संकेत

यमराजको चौथो संकेत मानिसको उमेर बढेसँगै शरीर पहिले झै सिधा रहँदैन । अर्थात शरीर कुप्रो हुन (झुक्न) थाल्दछ । जसले मानिस आफ्नो शरीरको बोझ आफै थाम्न सक्दैन । यमराज यस अवस्थाबाट संकेत गर्दछन् कि अब शरीरलाई सहाराको आवश्यकता छ जो ब्रम्हलिन भएपछि मात्र सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *