ज्योति लाईफको आईपीओमा उत्साहजनक सहभागिता


काठमाडौं । शुक्रवारदेखि विक्रीमा आएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख ३८ हजार ६३ जनाको आवेदन परेको छ । अपरान्ह ३ बजेसम्म यी आवेदकहरुबाट ३५ लाख १४ हजार ६२० कित्ताका लागि आवेदन दिएको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाई छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गरेको हो । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *