नेप्सेमा बुधबार प्रभु बैंकको बोनस शेयर सुचिकृत
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार प्रभु बैंकको बोनस शेयर सुचिकृत भएको छ । बैंकको १० प्रतिशतले हुन आउने १ करोड ३ लाख १५ हजार ५ सय ६ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।