मोलुङ हाइड्रोको आईपीओ आउँदैं, बिक्री प्रवन्धक सनराइज क्यापिटल


काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।कम्पनीले मंगलबार आईपीओ निष्काशन तथा बिक्रीका लागि सनराइज क्यापिटलसँग सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणहरुको लागि निष्काशन गरिने १०० रुपैयाँ अकिंत ३५ लाख ३१ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

जसमा आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुका लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *