कांग्रेस सभापति देउवासंग छिमेकी राजदुतहरुको भेटघाट


काठमाडौं। संसद पुन:स्थापनासँगै नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमपछि चीन र भारतीय राजदूतहरुको पनि सक्रियता बढेको छ ।

यसैबीच भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका छन् । दुवैले देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ ।
नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *