राष्ट्र उत्थान लघुवित्तले पनि आईपिओ निष्काशन गर्ने

राष्ट्र उत्थान लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित दोस्रो साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले चैत्र ८ गते आइतबार सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले हाल कायम जारी पुँजीको ३२।६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सभामा मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने दोस्रो विशेष प्रस्ताव पेश हुने छ ।
सभामा आर्थिक वर्ष ७६र७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा सम्पूर्ण आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि पारित गर्ने सामान्य प्रस्ताव पेश हुने छ । त्यस्तै अघिल्लो वर्ष लेखापरीक्षकलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेश हुने छ ।
लघुवित्तको संस्थापकमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल ग्रामिण विकास संस्था लगायत रहेका छन् ।