कुन मुखले भंग गरेको संसद्मामा प्रधानमन्त्री जालान् ?


काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भंग गरेको संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली कुन मुखले जाने भन्दै प्रश्न गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने, “आफैंले भंग गरेको संसद्मा केपी शर्मा ओली कुन मुख लिएर जाने ? हामीले उहाँको राजीनामा पहिले नै मागेका हौँ ।”तर उनले अहिले नेकपाका कुनै पक्षबाट पनि सरकारको नेतृत्वका लागि प्रस्ताव नआएको र अहिले कांग्रेसले हतार गर्न नहुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *