अप्पर स्याङ्गे हाइड्रोपावरले पनि आइपीओ जारी गर्ने
अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले शेयर निष्काशनकालागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धकको रुपमानियुक्त गरेको छ अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धकको रुपमा नियुक्त गरेको छ। उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ।
अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुरघलेले यो परियोजना कोविड १९ को प्रभावको बाबजुद बजेट भित्रै रही यथाशिघ्र नै निर्माण सम्पन्न हुने जानकारी दिए। यस परियोजनामा कृति भेन्चर फण्ड, भेष्ना भेन्चर फण्ड र व्यात्तिगत लगानिकर्ताहरुले लगानि गरेका छन्।
माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले यस परियोजनाको स्थापनाकाल देखिनै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदानगर्दै आएको छ । साथै यस परियोजनाका लागि आवश्यक ऋण साझेदारका रुपमा प्राइम कमर्शियल बैंक रहेको छ ।