माधव नेपालप्रति ओलीको कटाक्ष, अध्यक्ष पद बच्चाको खेलौना हो र मागे पनि दिने
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पद कुनै बच्चाको खेलौना नभएको टिप्पणी गरेका छन् ।
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालप्रति लक्षित गर्दै ओलीले अध्यक्ष पाउन महाधिवेशन पर्खनुपर्ने बताएका हुन् । उनले सभालाई सम्बोधन गर्दै भने, मसँग जसले महाधिवेशनमा हारे, अर्को महाधिवेशन नपर्खी मलाई अध्यक्ष दे कि दे भने, बच्चाले खेलौना मागेजस्तो ।
उनले कार्की बैंङ्क्वेटमा भोज खाएर कसैले अध्यक्ष बनाइदिएँ भनेपछि दंग परेर हिँडेको समेत टिप्पणी गरे । उनले भने, ‘महाधिवेशनबाट होइन गएर कार्की बैंक्वेटमा भोजखाएर कसैले अध्यक्ष बनाइदिएँ भनेपछि दंग परेर हिँडेका मान्छेहरू छन् ।’