आज हुँदैछ सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ तय


सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज फागुन २ गते , आइतबार हुँदैछ । कम्पनीको पौष २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सभामा धितोपत्र दर्ता गरी साधारण सेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर आइपिओ निष्कासन गर्दैछ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।त्यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *