राष्ट्रपति व्यक्ति नभएर संस्था भएकाले गलत काम गरे त्यसबारे विरोध हुन्छ
विराटनगर । नेपाली कांग्रेसका युवा नेताहरुले राष्ट्रपति व्यक्ति नभएर संस्था भएकाले गलत काम गरे त्यसबारे विरोध हुने बताएका छन् ।
विराटनगरमा बिहीबार नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, संवैधानिक संकट, यसको निकास र आजको आवश्यकता विषयक विचार गोष्ठीमा बोल्ने अधिकांशले सरकारको कदम प्रतिगामी र असंवैधानिक भएको बताए ।कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्दै भने, “सर्वोच्च अदालतमाथि नेपाली कांग्रेसको पूर्ण समर्थन र विश्वास छ तर अदालतले प्रधानमन्त्री ओलीको गर्जन अनि शक्ति प्रदर्शनबाट प्रभावित नभई संविधानसम्मत फैसला गर्नुपर्ने बताए।
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपालमा प्रधानमन्त्री ओेलीले नियन्त्रित लोकतन्त्र स्थापना स्थापन गर्न खोजेको आरोप लगाउँदै भने, “कांग्रेसको सहभागिताबिना मुलुकमा राजनीतिक स्थिरता र संसद् पुनस्स्थापना सम्भव नभएको बताए ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले राजनीतिक संकट समाधानका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताउँदै भने, “सरकारको स्वेच्छाचारिता बढ्दै गएकाले यसलाई रोक्न जरुरी रहेको बताए।