रामकुमारी झाँक्रीलाई विना शर्त रिहा गर : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै नेता पौडेलले झाँक्रीलाई पक्राउ गर्नु नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप भएको जनाएका छन् ।उनले लेखेका छन्, ‘सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्र्सना गर्दछु, विना शर्त रिहा गरियोस् ’

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले झाँक्रीलाई राज्य विरुद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *