असंवैधानिक कार्य विरुद्ध बोल्नेलाई झ्यालखानामा राखेर तर्साउन नखोज


काठमाडौँ, २९ माघ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले असंवैधानिक विरुद्ध बोल्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाउनुभएको छ । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि थापाले उक्त आरोप लगाएका हुन् ।

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले प्रकाउ गरेलगत्तै थापाले समाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्- कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ?

सरकारको त्रासले सत्ताको पक्षमा बोल्न नछाड्ने उनले बताए। ‘सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन’, थापाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *