राज्यविरुद्धको कसुर आरोपमा नेतृ रामकुमारी झाँक्री पक्राउ (पूर्जीसहित)
काठमाडौँ। नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो ।
निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई पक्राउ पूर्जी बुझाएर पक्राउ गरेका हुन् । हालै गोरखा आयोजित एक कार्यक्रममा झँक्रीले राष्ट्रपति विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको छ ।