निर्वाचन आयोगमा केपी ओली, निर्वाचन तयारी र नेकपा विवाद बारे जिज्ञासा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर बैशाखमा घोषणा गरिएको निर्वाचनको तयारी बारे जानकारी लिएका छन्।

प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेको विषय सर्वोच्च अदालतमा विचारधिन रहँदा ओली निर्वाचन आयोग पुगेका हुन्।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ओलीलाई निर्वाचनको तयारी बारे जानकारी गराएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचन आयोगले निर्वाचनको तयारी उत्साहजनक रहेको ब्रिफिङ गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *