कांग्रेसको आफ्नै अस्तित्व छ, संयुक्त आन्दोलनमा जानु जरुरी छैन् : शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको आफ्नै अस्तित्व भएकाले संयुक्त आन्दोलन गर्दा कसैसँग मिल्न नहुने विचार व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा सोमवार सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले आन्दोलन गर्दा कांग्रेसले कसैसँग मिल्नु नहुने बताए ।‘आन्दोलन गर्दाखेरी हामीले कसैसँग मिल्नु हुँदैन, संयुक्त जानै हुँदैन । कांग्रेसको आफ्नै विचार र अस्तित्व छ, अरुसँग किन मिल्ने रु’ उनले भने ।
कम्युनिस्टसँग मिलेर संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने महामन्त्री कोइरालाले बताए । ‘आफ्नो कार्यकर्तालाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल छ,’ उनले भने ।