ओली ‘पापी मान्छे,आफू पनि गल्तीको भागिदार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पापी मान्छे’को संज्ञा दिएका छन् ।
आइतबार योहो टेलिभिजनमा जीवराम भण्डारीसँग ‘सत्य संवाद’मा कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।उनले आफूहरूले प्रधानमन्त्री ओलीलाई बेलैमा सुधार्न नसकेको समेत टिप्पणी गरे । प्रधानमन्त्री ओलीले आफूहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।
उनले गृहमन्त्री रामबहादुर थापा बादल केही समयपछि आफ्नो समूहमा फर्किने आशा व्यक्त गरे ।यस्तै पछिल्लो राजनीतिक घटनाक्रमको आफूले नैतिक जिम्मेवारी लिने उनले बताए । उनले आफूहरूबाट पनि केही कमि कमजोरी भएको स्वीकारे ।