नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा आरोहीहरू नगदसहित सम्मानीत
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विश्वको दोस्रो उच्च हिमाल केटूको सफल आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ ।निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल केटूको सफल आरोहण गरेको थियो । ‘क्रुरता हिमाल’ उपनाम दिइएको माउन्ट केटूको आरोहणलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा लगभग असम्भव मानिन्छ ।
नेपाली आरोहीहरूले त्यो उपलब्धी यही माघ ३ गते ५ बजे हासिल गरेर स्वदेश फर्किएका छन्।
सो टोलीलाई बैङ्कका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० लाखको चेक प्रदान गरेको छ ।