भागरथी हत्याका दोषीलाई पत्ता लगाउने गृहमन्त्रीको प्रतिबद्धता


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई चाँडै पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भागरथी हत्याबारे गृहमन्त्री थापाको ध्यानाकर्षण गराउन पुगेका राष्ट्रियसभा र विघटित प्रतिनिधि सभाका सदस्यसँगको छलफलमा उनले अनुसन्धानमा कुनै पनि कमी नराखी दोषी चाँडै पत्ता लगाएर कडा कारवाही गरिने र पीडित परिवारलाई राहतको तत्काल व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।माघ २१ गते हत्या गरिएकी किशोरी भट्टका दोषीलाई कारवाही गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराइएको राष्ट्रियसभा सदस्य बिमला राईले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *