फागुनको संयुक्त आन्दोलनले ओलीलाई बढार्छ : प्रचण्ड


नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा भएको आमहड्तालमा सहभागी भएका दाहालले कोटेश्वरमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले फागुन पहिलो साताबाट हुने संयुक्त आन्दोलनले लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्ने चेतावनी पनि दिए ।

‘मेरो नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजलाई आग्रह छ, अब सबै मिलौँ,’ दाहालले भने । संयुक्त आन्दोलनका लागि लगभग कुरा मिलेको संकेत गरेका दाहालले भने, ‘हामी सम्भवत फागुन पहिलो हप्तादेखि संयुक्त आन्दोलन गर्छौँ र यसले केपीलाई बढार्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *