म्यानमारमा सैनिक ‘कु,’ आङ सान सूची पक्राउ


म्यान्मारको सत्तारुढ दलकी नेतृ आङ सान सुची पक्राउ परेकी छिन्। उनलाई त्यहाँको सेनाले नियन्त्रणमा लिएको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जनाएको बीबीसीले उल्लेख गरेको छ।सुचीसँगै अन्य केही शीर्ष नेतासमेत पक्राउ परेको दलका प्रवक्ता म्यो न्युटले जनाएको सिएनएनमा उल्लेख छ।

यता भ्वाइस अफ अमेरिकाले म्यान्मारका प्रधानमन्त्री विन मिन्ट पनि सेनाको नियन्त्रणमा परेको उल्लेख गरेको छ।सेना र सरकारबीच तनावको सम्बन्ध चलिरहेको बेला सुची पक्राउ परेकी हुन्। गत नोभेम्बवरमा भएको निर्वाचनमा सुकीको दलले धेरै सिटमा जित हासिल गर्दा आर्मीको दलले यसलाई धाँधली भएको आरोप लगाउँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *