इन्भेष्टमेन्ट बैंकको ऋणपत्र बिक्रि आवेदन खुला


नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले ८।५ प्रतिशत ब्याजदर प्रदान हुने ७ बर्षे अवधिको ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र निष्काशन गगरेको हो ।

बैंकले बिक्रि गर्न लागेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याएको छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरमा निष्कासन हुने छ। सर्वसाधारण छुट्याईएको मध्ये ८० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

ऋणपत्रमा छिटोमा माघ २० गतेसम्म र त्यसअवधिमा पर्याप्त आवेदन नपरेमा माघ ३० गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि आरबीबी मर्चेण्ट बैंकिङ बिक्रि प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई मङ्सिर १८ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *