केपी ओलीजी बालुवाटार छाड्नुस्, आराम गर्नोस्
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई खुरुक्क बालुवाटार छाड्न भनेका छन् । सोमबार प्रदेश २ का नेता कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।’
उनले दुवै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयबारे सकरात्मक प्रतिक्रिया दिए । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको तर्क गर्दै दाहाल-समूहका नेताहरुले आफ्नो पक्षमा निर्णय आउने तर्क गरे ।