अलछीपनाले आजित भो, यस्ता छन् हटाउने उपाय


धेरैचोटि हामी कुनै काम तत्काल नगरेर पछिका लागि टारिदिन्छौं अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । यसले हामीलाई अल्छे बनाउँछ ।

अल्छी मान्छेले जीवनमा कहिल्यै सफलता पाउँदैन । यस्तो मानिस निराशावादी हुन्छ । यहाँ हामी केही उपाय बताउँछौं जसलाई अपनाउँदा तपाईंले आलस्य हटाउन सक्नुहुन्छ ।
१ बिस्तारै हिँड्ने बानी
बिहान उठेर भ्रमण गर्नु स्वास्थ्यका लागि आवश्यक कुरा हो । दौडिन अल्छी लाग्छ भने शुरुमा बिस्तारै हिँड्नुस् । दश मिनेट मात्र हिँडे पुग्छ । यसो गर्दा तपाईंको क्षमता बढ्छ र आलस्य भाग्छ ।

२० ससाना ब्रेक

लामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटाछोटा ब्रेक लिनुस् । उदाहरणका लागि ४५ मिनेटपछि पाँच मिनेट जतिको ब्रेक लिनुस् । यसबीचमा अलिकति टहल्नुस् । लगातार काम गर्दा थाकेर अल्छी लाग्छ ।
४ प्रेरक व्यक्तिसँग समय बिताउने

अल्छी लागेर दिमागमा नकारात्मक कुरा आएका बेलामा आफ्ना साथीहरूसँग समय बिताउनुस् । केही सिक्न पाइने र तपाईंलाई प्रेरणा मिल्ने मानिसको संगतमा समय बिताउनुस् ।

५ आफैंलाई मजबुत बनाउनुस्

अल्छीपना हटाउनका लागि अर्काले प्रेरित गरेर पुग्दैन । तपाईं आफैंले आफूलाई प्रेरित गर्नुपर्छ र मजबुत बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *