नेप्सेमा गरिमा विकास बैंकको सेयरमूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बोनस सेयरमूल्य समायोजन भएको छ ।
बैंकको १३.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।गरिमा विकास बैंकको १४ औ साधारण सभा माघ २९ गते हुँदैछ ।
सभाले १३.५ प्रतिशत बोनश सेयर र ०.७१ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरि कुल १४.२१ प्रतिशत लाभांश अनुमोदन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *