दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज, ओलीलाई कारबाही हुने
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दै छ ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी रहेको बुझिएको छ ।
पार्टी गतिविधि विपरितको काम गरेकोले तपाइँलाई कारबाही किन नगर्ने र?’ भन्दै दाहाल-नेपाल समूहले तीन दिनको समयसीमा तोकेर ओलीलाई प्रष्टिकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि पार्टीबाटै निष्कासनको तयारी भएको स्रोतले जनाएको छ ।