बुधबारबाट नेपालभर कोभिड-१९ विरुद्धको खोप अभियान सुरू हुने


काठमाडौं । आउँदो बुधबारबाट कोभिड-१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । त्यसका लागि सातवटै प्रदेशमा आवश्यक मात्रामा खोप पठाइसकिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारसम्म दुईवटा प्रदेशमा खोप पुगिसकेको छ । आइतबार विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा पठाइएको खोप पुगिसक्नेछ ।प्रदेश नम्बर-२ मा कोल्डचेन सुचारु नभएकाले त्यहाँका आठ जिल्लामा हेटौँडा र अन्यमा विराटनगरबाट खोप ढुवानी गर्ने मन्त्रालयको योजना रहेको छ ।
खोप केन्द्रको रुपमा सम्बन्धित अस्पताललाई नै तोकिएको छ । सात प्रदेश र ७७ जिल्लामा गरी करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने र काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *