दाहाल-नेपाल समूहको प्रदर्शनले काठमाडौँ अस्तव्यस्त
काठमाडौँ। प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।
शक्ति प्रदर्शनका लागि देशभरबाट दाहाल नेपाल समूहले आफ्नो समूहका कार्यकर्तालाई काठमाडौँ बोलाएको छ । देशभरबाट आएका नेकपाका कार्यकर्ताका कारण काठमाडौँको ट्राफिक अस्तव्यस्त बनेको छ ।
सार्वजनिक सवारीमा यात्रा गर्ने पैदलै आफ्नो गन्तव्य गइरहेका छन् ।