संसद विघटनविरुद्ध आज काँगेसको वडा स्तरीय विरोध प्रदर्शन
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेसले आज ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै छ ।काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचद्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरेका छन्।
संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको कांग्रेसले आज ६ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो ।