नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा केही गिरावट


चालु आर्थिक वर्ष ९७७/७८० को दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ४.७७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७६/७७ को दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६६ करोड नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ५८ करोड खुद नाफा कमाएको हो ।

यस अवधिमा बैंकको संचालन मुनाफा २.०८ प्रतिशतले घटेर २ अर्ब ३३ करोड कायम भएको छ । बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ३८ लाख रहेको छ ।

बैंकको निक्षेप १ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ३८ अर्ब । बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशतले घटेर २ अर्ब ९८ करोड कायम भएको छ । १४ अर्ब २४ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १५ अर्ब ३० करोड रहेको छ ।

बैंकको खराब कर्जा २.९ प्रतिशतबाट घटेर २.७५ प्रतिशत कायम भएको छ भने प्रति शेयर आम्दानी २२.२७ रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ २०७.३९ रुपैयाँ, र मूल्य आम्दानी अनुपात २१.७८ गुणा, बेस रेट ६.५६ प्रतिशत, स्प्रेड दर ४१४ प्रतिशत, कोषको लागत ४.६९ प्रतिशत, र सिसिडि ७४.०७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *