सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच अर्थपूर्ण भेटवार्ता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पार्टीको एउटै धारणा बनाएर अघि बढ्न प्रस्ताव गरेका छन् । पौडेललाई भेट्न दिउँसो ४ बजे देउवा उनको निवास बोहोराटार पुगेका थिए ।
उनीहरुबीच १ घण्टा २५ मिनेट छलफल भएको थियो ।प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीभित्रबाट फरक-फरक विचार आइरहेका बेला देउवाले बोहोराटारमै पुगेर पौडेललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टी फरक-फरक देखिने गरी नजाऔं । एउटै देखिने गरी जाउँ,” देउवाको भनाइ थियो भने पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानलाई धारापमा पारेको भन्दै कांग्रेस संविधानको रक्षाको पक्षमा उभिनुपर्ने बताएका छन् । “संविधानलाई केपी ओलीले धरापमा पारेका छन्, संविधानको रक्षामा उभिनुपर्छ । विधि रक्षाका लागि कांग्रेस छ भन्ने भरोसा जनतालाई दिनुपर्छ,” पौडेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *