सुवास नेम्वाङ कमरेड,तपाईंले संविधान नै बिर्सनुभयो :गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधानसभाका अध्यक्ष समेत रहेका सुवास नेम्वाङले संविधान नै बिर्सिएको बताएका छन् । शनिबार ओली गुटको कार्यक्रममा ओलीइतर समूहतर्फ लक्षित गर्दै उनले ‘नाम बिर्सिएँ’ भन्दै कटाक्ष गरेका थिए ।
त्यसैतर्फ संकेत गर्दै कांग्रेस नेता थापाले सरकारविरुद्ध आयोजित विरोधसभामा नेम्वाङले आफ्नो हैसियत मात्र होइन, संविधान नै बिर्सेको भन्दै आलोचना गरेका हुन् । ‘‘
सुवास नेम्वाङको कुरा सुन्दै थिएँ, कसको कसको नाम बिर्सिएँ रे । नाम होइन कमरेड, तपाईंले संविधान नै बिर्सनुभयो,’’ उनले भने, ‘‘आफ्नो जिम्मेवारी नै बिर्सनुभयो । तपाईंले आफनो हैसियत बिर्सनुभयो । तपाईंलाई थोरै पनि अप्ठयारो लाग्दैन? गगनले प्रश्न गरेका छन्।’’