माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ लागू हुने


माघ ११ गते आइतबारबाट सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू हुने भएको छ ।
हिजो शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) र ब्रोकरबीच भएको छलफलमा माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ लागू गर्ने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिएका छन् ।
हाल शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको छ ।
अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ । ‘टी प्लस टू’ को व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको सेयर आइसक्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *