१९ वर्षदेखि न्यायका लागि संघर्ष


शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै शनिबार काठमाडौंमा खबरदारी कार्यक्रम राखिएको हो ।

तत्कालीन माओवादीबाट हत्या गरिएका लमजुङ, दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको विसं २०५८ साल माघ ३ गते लमजुंगमा हत्या गरिएको थियो ।मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुग्दा पनि न्याय पाउन नसकेको बताउँछन् ।
राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *