प्रतिगमन विरुद्ध एक भएर अगाडि बढनुको विकल्प छैन : शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाज मोरङद्धारा शनिवार विराटनगरमा आयोजितको साधारणसभामा नेता कोइरालाले प्रतिगमन विरुद्धको आन्दोलनमा काँग्रेस लाग्नुपर्नेमा जोड दिए ।
उनले भने , ‘प्रचण्ड र माधवसँग बदला लिन र बैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो षडयन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडी बढनुको विकल्प छैन ।’ डा. कोइरालाले प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खेर सबैलाई साथमा लिएर आन्दोलनमा जान ढिलाई गर्न नहुने बताए ।