संसद विघटनको कदमविरुद्ध आन्दोलनमा सहभागी हुन कांग्रेसको अपिल


काठमाडौँ। संसद विघटनको सरकारी कदमविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले माघ ३ गते (भोलि) देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टीका कार्यकर्तालाई अपिल गरेका हुन् ।


शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *