नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य नेप्सेमा


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।


कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६४ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार एक सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


कम्पनीको ३२औं वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार हुँदैछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद कर प्रयोजनका लागि० गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *