हाम्रो अपराध भनेको छलफल गरौ भन्नु भयो, वैशाखमा चुनाव हुंदैन्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरामा नमान्नु नै आफूहरुको अपराधजस्तो भएको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको राजनीतिक एवं संवैधानिक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।
ूहाम्रो अपराध भनेको छलफलको नाम लिएर हो ।वहांलाई छलफल मन नपर्ने। उहाँको कुरामा हस् हजुर नभन्नु नै हाम्रो अपराध हो । त्यही अपराधको दण्ड कम्युनिस्ट आन्दोलनले बोक्नुपरेको छ, लोकतान्त्रिक आन्दोलनले बोक्नु परिरहेको छ ।
नेपालले संवैधानिक कू गरेका बेला चुनावको अर्थ नभएको बताए । वैशाखमा चुनाव नहुने पनि उनले दाबी गरेका छन्।