ट्रम्पविरूद्धको महाअभियोग तल्लो सदनबाट पारित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संशोधन लगाएर पदबाट हटाउनका लागि उपराष्ट्रपति माइक पेन्सलाई आह्वान गर्ने प्रस्ताव संसदको तल्लो सदन प्रतिनिधि सभाबाट पारित भएको छ।
एकै कार्यकालमा दोस्रो पटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । कार्यकाल सकिन एक हप्ता पनि बाँकी नरहँदा तल्लो सदनबाट पारित भएको यो प्रस्तावलाई माथिल्लो सदन सिनेटले पनि पास गरेमा उनको बहिर्गमन निकै निराशजनक हुनेछ।
डेमाक्र्याटिक पार्टीका सांसदले गत सोमबार तल्लो सदनमा दर्ता गरेको महाभियोग प्रस्तावलाई २३२ मतले पारित गरेको बीबीसीले जनाएको छ ।