निर्वाचनका कार्यक्रम रोक्न प्रचण्ड-नेपालको माग
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले निर्वाचन कार्यक्रम रोक्न निर्वाचन आयोगलाई गरेको आग्रह अस्वीकार गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, सांसद रामनारायण बिडारी, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लिलामणी पोखरेल निर्वाचन आयोगमा पुगेर आग्रह गरेका थिए।
निर्वाचन आयोगले भने निर्वाचनका कार्यक्रम रोक्न सर्वोच्चको आदेश चाहिने भएकाले तत्काल नरोकिने बताएको र सरकारले निर्वाचन घोषणा गरेपछि कार्यक्रम अघि बढाउने हाम्रो दायित्व हो भन्ने जवाफ दिएको थियो । निर्वाचनका कार्यक्रम सर्वोच्चले आदेश गरेपछि मात्रै रोक्न सम्भव छ भनेको पोखरेलले जानकारी दिए।