सबै संवैधानिक विकल्पका लागि कांग्रेस तयार छ


जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान परिस्थितिमा संवैधानिक सबै विकल्पका लागि कांग्रेस तयार रहेको बताएका छन्।

उपसभापति निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताएका हुन्। जनकपुरधाममा शहीद सत्यनारायण पाठकको शालिक अनावरण कार्यक्रममा उनले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि वा निर्वाचन भएपनि दुबै विकल्पका लागि आफू तयार रहेको प्रष्ट्याए।

उनले प्रधानमन्त्री ओलीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको चर्चा गर्दै यो समस्या समाधानका लागि सबै नेपाली जनता एक हुनु आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *