अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको तयारी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ ।अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग सहित हटाउनका संसद तयार रहेको बताएकी छिन्। उनले उपरराष्ट्रपति माइक पेन्सले राष्ट्रपतिलाई नहटाए संसदबाट राष्ट्रपतिलाई हटाउने विषयमा प्रक्रिया सुरु गर्ने बताएको सीएनएनले जनाएको छ।
तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ। संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने तयारी गरिएको हो।
पेलोसीले उपराष्ट्रपति पेन्स र ट्रम्पको क्याविनेटले २५ औं संशोधनको प्रयोग नगरे सोमवार बिहान संसदले यस सम्बन्धि प्रस्ताव सर्वसम्मत पारित गर्ने प्रयास गर्ने बताएकी हुन्। उनले सर्वसम्मत नभए मंगलवार मतदान प्रक्रियामा जाने बताएकी हुन्।