मैदान छाडेर भागेको प्रधानमन्त्रीज्यू, लुकेर बसेको सुभाष नेम्वाङ र अग्नि खरेल लिएर आउनुस्
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संविधान पढ्न आफू तयार रहेको बताएका छन्। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शनिबारकाठमाडौं क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीको भनाईप्रति प्रतिप्रश्न गर्दै भने, ‘हिजो धनगढीमा संविधान पढ भन्नुभयो रे।
प्रधानमन्त्रीज्यू, मैदान छाडेर भागेको प्रधानमन्त्रीज्यू, लुकेर बसेको सुभास नेम्वाङ र अग्नि खरेल लिएर आउनुस्। म पूर्वराष्ट्रपति रामवरण यादव लिएर आउँछु। खुल्ला मञ्चमा सँगै बसौं। सँगै संविधान पढौं।’
प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आह्वान गर्दै थापाले प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याउने दाबी गरेका छन्।