लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्वसत्तावाद हावी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दु राष्ट्र समाप्त गरी देशले धान्न नसक्ने संरचना कायम गरेका कारण अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र,कुशासन र सर्वसत्तावाद कायम भएको बताएका छन् ।
दमौलीमा चुनाब चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति माथि आक्रमण भैरहेको भन्दै आपत्ति जनाएका थिए ।
थापाले देश अभिभावक विहिन भएको , विदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हावी भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु नै उपयुक्त हुने बिचार पनि ब्यक्त गरे ।