प्रचण्डप्रति ओली कटाक्ष,यो छोरी, बुहारी र सम्धीको पार्टी होइन
काठमाडौं । पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका प्रधानमन्त्रीले प्रचण्डलाई कटाक्ष गर्दै आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताएका छन्। उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको भूभाग सामेल गरेर नक्सा छापिएपछि अहिले देखिएको कोहोलो देखिएको आरोप लगाएका छन्। नेता भीम रावल प्रति लक्षित गर्दै उनले पदका लागि लडेको नेता भनि आरोप लगाए।
पार्टी सकियो भन्नेहरुका लागि ओलीले जीवन शर्माको गीत सापटी लिँदै, ‘पिलो निचोरिँदैमा वजन घटेको हुँदैन, ३ करोड मानिसमा २ सय ६५ मान्छे जाँदैमा पार्टीलाई केही हुँदैन,’ भनेका छन्।