टायर जलाएर प्रधानमन्त्रीको विरोध
प्रधानमन्त्री केपी ओली धनगढी आउने कार्यक्रमको विरोध गर्दै टायर बालेर प्रदर्शन गरिएको छ ।
ओलीको विरोधमा जिल्ला प्रशासनमा खुलामञ्च नजिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेका हुन् ।
प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली समूहको भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।