प्रतिवन्धित ‘विप्लव’ नेतृत्वको काठमाडौं सेक्रेटरी पक्राउ
काठमाडौँ। सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको काठमाडौं सेक्रेटरी विपिन भनिने भीमसेन घिमिरेसहित तीन जना पक्राउ परेको छन्।
प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले घिमिरेसहित काठमाडौं सदस्य हरिबहादुर चन्द र वीरेन्द्रबहादुर शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट चन्दा असुलेको अर्धकट्टी बुक,रसिद, र भूमिगत तथा हिंसात्मक गतिविधि सञ्चालनसम्बन्धी गोप्य कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।