चिनियाँ राजदूत र बामदेव गौतम बीच भेट


काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच विहीबार भेटवार्ता भएको छ ।
संसद विघटनपछि नेकपा दुई समूहमा विभाजित भएका बेला चिनियाँ राजदूत यान्छीसँग उपाध्यक्ष गौतमले गरेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
विहीबार दिउँसो नक्सालमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

नेकपाभित्र विवाद हुँदा यसअघि पनि चिनियाँ राजदूत यान्छीले नेताहरुसँग भेटवार्ता गरेकी थिइन ।

विभाजित नेकपालाई एकता गराउने अभियानमा आफू लागेको बताइरहेका उपाध्यक्ष गौतम हालसम्म कुनै पनि समूहमा खुलेर लागेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *