काँग्रेसका लागि नयाँ चुनाव तोकिँदा तरङ्ग आउनु स्वभाविक : रामचन्द्र पौडेल
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत चुनावमा हार खाएको काँग्रेसका लागि नयाँ चुनाव तोकिँदा तरङ्ग आउनु स्वभाविक भएको बताएका छन्। जनता समाजवादी पार्टीले राजधानीमा आयोजन गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तर्क्रिया कार्यक्रममा पौडेलले उक्त भनाई राखेका हुन्।
सरकारले भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेशमा आँखा छोपेर सही ठोकिदिएको आरोप लगाए।
ु उनले भने यो घटनाले मेरो आफ्नै पार्टीमा तरङ्ग आयो। यो तरङ्ग पनि स्वभाविकै थियो। काँग्रेसले चुनाव हारेको थियो, पौडेलले भने,नेकपाले झन्डै दुई तिहाई मत ल्यायो। काँग्रेसलाई कता कता हे हामी त यत्रो ठूलो पार्टी थियो कहाँ पुग्यौ अहिले। अब यो घटनाले लौ न त फेरि आयो नि जस्तो भयो।
आफूले पार्टीमा यस्ता विषयमा तत्काल फाइदाका कुरा हेर्न नहुने धारणा राखेको बताए। तत्काल चुनावमा गए आफूलाई पनि फाइदा हुनसक्ने दाबी पौडेलेले गरेका छन्।