धनगढीमा हुने वृहतसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘ओली समूह’ले पुस २४ गते धनगढीमा बृहत जनसभा गर्ने भएको छ ।

ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार जनसभाका लागि विभिन्न समिति गठन गरिएको छ । अध्यक्ष थापाको संयोजकत्वमा २ हजार ५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *